धुलिखेल । काभ्रे जिल्लामा आज ५० जना कोरोना सङ्क्रमित थपिएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका मध्य पनौती नगरपालिकाका मात्रै २४ जना रहेका छन्।
झाका अनुसार आज थपिएकाहरूमा पनौतीमा २४ जना, धुलिखेल ११ जना, बनेपामा ८ जना, पाँचखालमा २ जना, मण्डनदेउपुरमा २ जना, नामोबुद्धमा १ जना, बेथानचोक गाउँपालिकामा १ जना, खानीखोला गाउँपालिकामा १ जना गरी जम्मा ५० जना रहेका छन् ।
योसँगै काभ्रेमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या ३६ सय १९ पुगेको छ भने सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पनि २०१ पुगेको छ ।

Comments

comments