कार्वाहीको लागि सिफारिस गरिएकाहरुमा अमनाथ ढकाल, तुलसी नेपाल, बालकृष्ण सार्की, घनश्याम सिबभक्ति, बिदुर साप्कोटा र नवराज लम्साल रहेका छन् ।
मण्डनदेउपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मण्डनदेउपुर नगरको बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकले बेशाख महिना भित्र वडाहरुको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले रामचन्द्र न्यौपानेको संयोजकत्वमा नगर सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । साथै सबै वडाहरुको इञ्चार्ज र संयोजक समेत तोकिएको नगर संयोजक न्यौपानेले तेमाल अनलाइनलाई जानकारी दिए ।
बैठक पार्टीको वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा सभासद तेज बहादुर मिजार (बिकास) को प्रमुख आतिथ्यतामा सप्पन्न भएको थियो ।
अध्यक्ष ध्रुब काफ्लेको सभापतित्व र सचिब केशब सापकोटाले संचालन गरेको उक्त बैठकमा जिल्ला सचिबालय सदस्यहरु दैबलाल घिसिङ (अनुसिल) र निरन्जन बिष्ट –दिप), जिल्ला सदस्यहरु राज तामाङ, रमेश ढकाल र गोकुल डोटेलको उपस्थिति रहेको थियो ।
६ जनालाई कार्वाहीको सिफारिस
यसैबीच बैठकले माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका ६ जनालाई कार्वाहीको लागि सिफारिस गरिएको छ । सम्मेलन आयोजक समितिका संयोजक न्यौपानेका अनुसार उनीहरुलाई कार्वाहीका लागि जिल्ला समितिमा सिफरिस गरिएको हो ।
कार्वाहीको लागि सिफारिस गरिएकाहरुमा अमनाथ ढकाल, तुलसी नेपाल, बालकृष्ण सार्की, घनश्याम सिबभक्ति, बिदुर साप्कोटा र नवराज लम्साल रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















