धुलिखेल । काभ्रे जिल्लामा रहेको धुलिखेल सामुदायिक अस्पतालमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार बुधबार राति धुलिखेल नगरपालिकाका ८२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
बुधबार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल भर्ना भएका थिए । निमोनिया र उच्च रक्तचापबाट पीडित उनको बुधबार राति उपचार क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई आकस्मिक कक्षबाट आइसियु कक्षमा सारेर थप उपचार गर्दै गर्दा उनको मृत्यु भएको हो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















