काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. १०, खोपासी क्षेत्र अनिश्चितकालका लागि शिलबन्दी गरेको छ । सो क्षेत्रको २७ जना व्यक्तिहरुमा कोभिड–१९ संक्रमण भएको पाएपछि नगरपालिकाले शिलबन्दी गरिएको हो ।
नगरपालिकाले एक सूचना जारी गरेर संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्र्याक ट्रेसिङ नगरुञ्जेल सम्म शिलबन्दी कायम रहने जनाएको छ ।
‘पूर्वमा पावर हाउस को पुल, पश्चिममा किटनी फटकेश्वर रोशीखोला पुल, उत्तरम कृषि सेवा केन्द्र संगैको गोगुनाल खोल्सा र दक्षिणमा कपुरपानिडोल यति चारकिल्ला क्षेत्र शिल गरीएकोले उक्त शिल गरीएको क्षेत्र भित्र अत्याबश्यक काम वाहेक बाहिर हिडडुल नगर्न नगराउन, उधोगधन्दा कलकारखाना तुरुन्त बन्द गर्न, बिवाह, ब्रतबन्ध,सप्ताह,सभा,समारोह जस्ता कार्यक्रममा भेला नहुन, कुनै कार्यक्रम नगर्न त्यस्ता कार्यमा सरिक नहुन, दूग्ध डेरीमा जमघट नहुन, कतै पाहुना बन्न नजान र पाहुना बोलाउन पनि पूर्ण निषेध गर्नका साथै सबै लाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरिन्छ ।’ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
शिल गरेको क्षेत्र भित्र के गर्ने ? के नगर्ने ?
तरकारी, फलफुल, खाद्यान्न, औषधि पसल, सार्वजनिक यातायात सम्बन्धमा छुट्टै नियम सार्वजनिक गरेको छ ।
१. निर्धारित चौहद्दी क्षेत्रभित्रका तरकारी फलफुल खाद्यान्न पसलहरु बिहान ७ः०० बजे देखि ९ः०० बजे सम्म मात्र खुल्ला गर्ने, यसरी व्यबसाय संचालन गर्दा व्यबसायी र उपभोक्ता दुवैले मास्क र सेनिटाईजरको प्रयोग लगायत सामाजिक दुरी कायम गर्ने ।
२. दुग्ध संकलन केन्द्र समेत उल्लेखित बिधि र समय अनुसार मात्र संचालन गर्ने ।
३. औषधि पसल संचालनमा समय सिमा लागु नहुने । तर स्वास्थ्य संबेदनशिलताका मापदण्ड भने पुरा गर्नुपर्ने ।
४. शिल गरिएको क्षेत्र हँुदै चल्ने सार्वजनिक यातायातले उक्त क्षेत्रमा गाडी रोक्ने र यात्रु चढाउने कार्य गर्न नपाउने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।