पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ४ स्थित तामाघाटमा एक किराना पसलमा आगलागी भएको छ । गएराती १ बजे भएको आगलागीमा १५ लाख भन्दा बढी क्षति भएको जनाएको छ ।
आगलागी भएको थाहा पाउने वित्तिकै पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नेतृत्वमा वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की लगाएतका स्थानियहरु घट्नास्थलमा पुगेर आगो नियन्त्रणको प्रयत्न गरेका थिए । अवस्था गम्भिर भएपछि सशस्त्र प्रहरी १५ नं. गणका प्रहरी टोली पाँचखाल नगरपालिकाको दमकल लिएर आइपुगेपछि राती करिब २ः३० बजेसम्ममा आगो नियन्त्रणमा आएको पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष कार्की जानकारी दिए ।  घट्नामा पाँचखाल प्रहरी चौकीबाट समेत प्रहरीको टोली आइपुगेको थियो ।
पाँचखाल वडा नं २ अनैकोट स्थाई बसोवास भएका दयाराम कोईरालाले पाँचखाल वडा नं ४ मा रहेको घलबहादुर दनुवारको घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए । कोरोना महामारीका कारण लकडाउन हुने संभावनाले भएकोले केहीदिन अघिमत्रै किराना पसलको लागि आवश्यक सामाग्रीहरु खरिद गरी स्टक राखिएको कोइरालाले बताए । आगो विद्युत सट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।