जिल्लामा हालसम्म कोरोना सङ्क्रमण सङ्ख्या ३७ सय ३४ जना पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमित सङ्ख्या महिला १ सय ५१ र पुरुष १ सय ६० गरी ३११ पुगेको छ ।

धुलिखेल । काभ्रे जिल्लामा आज थप ६९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका मध्य सबैभन्दा बढी बनेपा नगरपालिकामा २७ जना सङ्क्रमित थपिएका छन् ।
डा. झाका अनुसार थपिएको नयाँ सङ्क्रमितमा पनौती नगरपालिकामा १४ जना पुरुष, ३ महिला, धुलिखेल नगरपालिकामा ६ महिला ८ पुरुष, बनेपा नगरपालिकामा १७ महिला १० पुरुष, पाँचखाल नगरपालिकामा १ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ पुरुष १ महिला, नमोबुद्ध नगरपालिकामा १ महिला ३ पुरुष, खानीखोला गाउँपालिकामा १ पुरुष र बेथानचोक गाउँपालिकामा १ महिला १ पुरुष रहेका छन् ।
यससँगै जिल्लामा हालसम्म कोरोना सङ्क्रमण सङ्ख्या ३७ सय ३४ जना पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमित सङ्ख्या महिला १ सय ५१ र पुरुष १ सय ६० गरी ३११ पुगेको छ ।
सङ्क्रमितहरू मध्य अस्पताल आइसोलेसनमा ५ जना र होम आइसोलेसनमा ३ सय ६ रहेका छन् ।
काभ्रेमा दिनानुदिन सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि देशभरिको अति प्रभावित २२ जिल्ला मध्य काभ्रे पनि परेको छ ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला