काभ्रे । दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि काभ्रे जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले वैशाख १९ गते राती १२ बजेदेखि लागु हुनेगरी वैशाख २६ गते राती १२ बजे सम्मलाई निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने भन्दै सरकारले विभिन्न निषेधका आदेशहरु जारी गरेको हो ।
निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन ।
।
यस्तो छ जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी आदेश ः


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















