काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आज वर्षा भएको छ ।
आज दिउँसो पनि पहाडी भू–भागका केही स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम मंगलबारसम्म कायम रहने महाशाखाले जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
बैशाख १९ गते (आइतबार)
दिउँसोंं –देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वाग्मती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू(भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।
बैशाख २० गते (सोमबार)
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जनर,चट्याङ्ग ,हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।
राति – देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन ,चट्याङ्ग ,हावाहुरी सहित वर्षाको सम्भावना छ।
बैशाख २१ गते (मंगलबार)
दिउँसो – देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन ,चट्याङ्ग ,हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति – देशभर आंशिक देखि सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग ,हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















