काठमाडौं । नेपालमा थप ७ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा मंगलबार थप थप ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १६ हजार १३१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, गत २४ घण्टामा ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण संकेत ९एन्टिजेन पोजेटिभ० देखिएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ७ हजार ६६० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















