काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले भोलि विहिबारदेखि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिक भत्ता वितरण गर्न लागेको जानकारी दिएका छन् ।
सूचनामा भत्ता वितरणको मिति समेत तय गर्दै आ–आफ्नो वडाको वितरण मितिका दिन सम्बन्धित लाभग्राहीहरुले नागरीकता तथा भत्ता कार्ड साथमा लिइ सिटिजन्स बैङ्कको कार्यालय पोखरी नारायणस्थानमा जान हुन सबैमा जानकारी गराएको छ । साथै सबै वडा कार्यालयलाई सहजिकरण गर्न समेत अनुरोध गरेको छन् ।
‘बैङ्क खाता खोल्न बाँकी रहेका लाभग्राहीहरुले नागरीकता तथा भत्ता कार्डको साथै २ प्रति पास्पोर्ट साइजको फोटो अनिवार्य लिइ आउनु पर्ने छ ।’ सूचनामा उल्लेख छ ।

कुन वडामा कहिले ?

२०७८/०१/२३ गते तेमाल गा.पा. वडा न ५
२०७८/०१/२४ गते तेमाल गा.पा. वडा न ७
२०७८/०१/२६ गते तेमाल गा.पा. वडा न ४
२०७८/०१/२७ गते तेमाल गा.पा. वडा न ६
२०७८/०१/२८ गते तेमाल गा.पा. वडा न ३
२०७८/०१/२९ गते तेमाल गा.पा. वडा न ८
२०७८/०१/३० गते तेमाल गा.पा. वडा न ९
२०७८/०१/३१ गते तेमाल गा.पा. वडा न १
२०७८/०२/०२ गते तेमाल गा.पा. वडा न २