मृत्यु हुनेमा धनगडीका ६० वर्षिय पुरुष, धुलिखेलका ७१ वर्षिय महिला, बनेपाका ४२ वर्षिय पुरुष र भक्तपुरका २६ वर्षिय महिला रहेका छन् । यससँगै काभ्रे जिल्लामा मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

काभ्रे जिल्लामा आज बुधबार १ सय ५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बनेपामा मात्र ८५ जना संक्रमित थपिएका छन् । डा. झाका अनुसार बनेपा नगरपालिकामा महिला ३९ पुरुष ४६, धुलिखेल नगरपालिकामा ९ महिला १० पुरुष, पनौती नगरपालिकामा ८ महिला ७ पुरुष, पाँचखाल नगरपालिकामा ७ महिला ६ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष, मण्डनदुउपुर नगरपालिकामा ४ महिला १ पुरुष, नमोबुद्ध नगरपालिकामा २ पुरुष २ महिला, रोशी गाउँपालिकामा ५ पुरुष २ महिला, चौंरीदेउराली गाउँपालिकामा ३ पुरुष, बेथानचोक गाउँपाकिलामा ४ पुरुष र तेमाल गाउँपालिकामा २ पुरुष संक्रमित थपिएका छन् ।
झाका अनुसार धुलिखेल अस्पतालमा उपचाररत रहेका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगडीका ६० वर्षिय पुरुष, धुलिखेलका ७१ वर्षिय महिला, बनेपाका ४२ वर्षिय पुरुष र भक्तपुरका २६ वर्षिय महिला रहेका छन् । यससँगै काभ्रे जिल्लामा मृत्यु हुनेको संख्या ८२ पुगेको छ । जसमध्य ५६ जना काभ्रे जिल्लाका र २६ जना काभ्रे बाहिरका रहेका छन् ।
काभ्रेमा संक्रमित संख्या ४२ सय २७ पुगेको छ । सक्रिय संक्रमित संख्या महिला ३ सय ५० र पुरुष ४ सय १८ गरी ७ सय ६८ पुगेको छ । जस मध्य अस्पताल आइसोलेशनमा २५ जना र होम आइसोलेशनमा ७ सय ४३ जना रहेको डा. झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।