काभ्रे जिल्लामा आज विहिबार १ सय ६५ जना कोरोना भाइरस संक्रमित थपिए पछि काभ्रेमा सक्रिय संक्रमित संख्या ९१० पुगेको छ । बनेपामा ३५९ सक्रिय संक्रतिसँगै जिल्लामै सबैभन्दा बढी संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाका अनुसार आज मात्र बनेपामा मात्र ६४ जना नयाँ संक्रमित थपिएका छन् । डा. झाका अनुसार बनेपा नगरपालिकामा महिला २० पुरुष ४४, धुलिखेल नगरपालिकामा १४ महिला १८ पुरुष, पनौती नगरपालिकामा ३३ महिला १० पुरुष, पाँचखाल नगरपालिकामा ४ महिला ३ पुरुष, मण्डनदुउपुर नगरपालिकामा १ महिला ५ पुरुष, नमोबुद्ध नगरपालिकामा ४ पुरुष १ महिला, रोशी गाउँपालिकामा ४ पुरुष २ महिला, चौंरीदेउराली गाउँपालिकामा १ महिला १ पुरुष संक्रमित थपिएका छन् ।
काभ्रेमा संक्रमित संख्या ४३ सय ९२ पुगेको छ । सक्रिय संक्रमित संख्या महिला ४ सय १४ र पुरुष ४ सय ९६ गरी ९१० पुगेको छ । जस मध्य अस्पताल आइसोलेशनमा ३२ जना र होम आइसोलेशनमा ८ सय ७८ जना रहेको डा. झाले जानकारी दिए ।
कुन पालिकामा कति सक्रिय संक्रमित ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















