काभ्रे जिल्लामा आज विहिबार ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमित २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा १० महिला ६ पुरुष, धुलिखेल नगरपालिकामा ३ महिला ८ पुरुष, पनौती नगरपालिकामा २० महिला ९ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला २ पुरुष, मण्डनदुउपुर नगरपालिकामा १ महिला ४ पुरुष, रोशी गाउँपालिकामा १ महिला, भुम्लु गाउँपालिकामा १ पुरुष, तेमाल गाउँपालिकामा २ पुरुष र बेथानचोक गाउँपालिकामा २ पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ४४६३ पुगेको छ । सक्रिय संक्रमित संख्या ४४५ महिला र ५१९ पुरुष गरी ९६४ पुगेको छ । अस्पताल आइसोलेसनमा ४० जना र होम आईसोलेसनमा ९२४ जना रहेका छन् ।
संक्रमणबाट मृत्यु हुनेहरुमा धुलिखेलका ६१ वर्षिय पुरुष र बनेपाका ४० वर्षिय पुरुष रहेका छन् । उनीहरुको क्रमशः धुलिखेल अस्पताल र शिरमेमोरियल अस्पतालमा मृत्यु भएको डा. झाले जानकारी दिए ।
हिजो र अस्तीको तुलनामा काभ्रेमा संक्रमित संख्या घटेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।