हालसम्ममा निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाईकल ७४ वटा, स्कुटी २२ वटा, कार ४१, टिपररट्रक ८४, बस ३६, हाईस गाडी ८ वटा गरी जम्मा २६५ वटा नियन्त्रणमा लिई संझाइ बुझाई छोडेको खतिवडाले बताए । त्यसैगरि अनावश्यक रुपमा हिडडुल गर्ने महिला १४३, पुरुष ४२३ जना गरी जम्मा ५६६ जना मानिसहरुलाई होल्ड गरी सम्झाई बुझाई छाडिएको डिएसपी खतिवडाले जानकारी दिए ।
धुलिखेल । काभ्रे जिल्लामा कोभिड–१९ संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण तथा उपचारको प्रबन्ध गर्नका लागि प्रहरीले सक्रियता देखाएका छन् । शुरुमा ‘तपाई.को मास्क खोइ’ अभियानबाट सक्रियता देखाएको प्रहरीले निषेधाज्ञामा धेरै संख्यामा सवारी साधन, सर्वसाधारणलाई कार्वाही समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले कोभिड–१९ संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण तथा उपचारको प्रबन्ध गर्नका लागि सबै यूनिटलाई परिचालन गरिएको सूचना अधिकारी डिएसपी हरि खतिवडाले बताएका छन् ।

निषेधाज्ञा कार्यन्वयनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएका प्रहरी टोलीले जिल्ला स्थित बिभिन्न वडा यरियाहरुबाट निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई कार्वाही गरी सचेतना मूलक अनुशिक्षण दिई छाडिएको डिएसपी खतिवडाले जानकारी दिए ।

हालसम्ममा निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाईकल ७४ वटा, स्कुटी २२ वटा, कार ४१, टिपररट्रक ८४, बस ३६, हाईस गाडी ८ वटा गरी जम्मा २६५ वटा नियन्त्रणमा लिई संझाइ बुझाई छोडेको खतिवडाले बताए । त्यसैगरि अनावश्यक रुपमा हिडडुल गर्ने महिला १४३, पुरुष ४२३ जना गरी जम्मा ५६६ जना मानिसहरुलाई होल्ड गरी सम्झाई बुझाई छाडिएको डिएसपी खतिवडाले जानकारी दिए ।

त्यस्तै निषेधाज्ञा उल्लंघन, मास्क नलगाई हिड्ने ३२ जना पैदल यात्रुहरुलाई नियन्त्रणमा लिई प्रति व्यक्ति रु १००।– रुपैया जरिवाना गरी सम्झाई बुझाई पठाईएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।