समाचार लेखेको आधारमा पक्राउ परेका उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल तामाङ रिहा भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै पत्रकार तामाङद्वय रिहा भएका हुन् ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो ।
उनीहरुको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बैशाख १२ गते उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ नगर्न उच्च अदालतले दिएको अन्तरिम आदेशको प्रतिकूल हुनेगरी पक्राउ गरिएको भन्दै सर्वोच्चले बिनाशर्त उनीहरुलाई रिहा गर्न आदेश गरेको छ ।
सो अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्त गोयलबीच सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो ।
यस्तो छ आदेश
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















