काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालेले पनि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा कोभिड–१९ सङ्क्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले एक सूचना जारी गर्दै जानकारी दिएका छन् ।
शनिवार बसेको कार्यपालिका, सुरक्षा निकाय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठकले विश्वव्यापी रूपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को कारण यस गाउँपालिका क्षेत्रभित्रका सबै वडाहरूमा पनि कोरोना सङ्क्रमितहरू भेटिएकोले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्य नजर गरी कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको अध्यक्ष गौतमद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
सूचनाको बर्खिलाप गएको पाइएमा नियमानुसार कडा कारबाही गरिने गाउँपालिकाले जनाएको छ ।
निषेधाज्ञा अवधिमा के गर्न मिल्छ के मिल्दैन ?
१. यस गाउँपालिका भित्र रहेका औषधि र भेटेरिनरी बाहेक सबै खाले पसल र होटलहरु बन्द गरी बजार पूर्ण रूपमा बन्द गर्ने ।
२. खाद्यान्न पसलको हकमा प्रत्येक दिन दिउसो ४:६ बजेसम्म सामाजिक दुरी कायम गरी, सुरक्षा मापदण्ड अपनाई सेवा प्रवाह गर्ने ।
३. जमघट हुने खालका सामाजिक कार्यहरू जस्तै विवाह, व्रतबन्ध, भोजभतेर, पार्टीका भेला, सामुहिक खेल लगायतका सबै कार्य बन्द गर्ने ।
४. काठमाडौँ लगायत बाहिरबाट आउने सबैले अनिवार्य रूपमा होम आइसोलेसनमा बस्ने ।
५. स्वास्थ्य सेवा, सुरक्षा निकाय र सरकारी सवारी साधन र खान्न ढुवानी बाहेकका अन्य सवारी साधा नलाई सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















