काभ्रेमा सङ्क्रमित सङ्ख्या ४५८९ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या ४८५ महिला र ५८९ पुरुष गरी १०७४ पुगेको छ । अस्पताल आइसोलेसनमा ४६ जना र होम आइसोलेसनमा १०२८ जना रहेका छन् ।

काभ्रे जिल्लामा आज शनिवार १३५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने २४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सङ्क्रमित १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा ३२ महिला ३४ पुरुष, धुलिखेल नगरपालिकामा ५ महिला १५ पुरुष, पनौती नगरपालिकामा १३ महिला १५ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला ४ पुरुष, मण्डनदुउपुर नगरपालिकामा ३ महिला ३ पुरुष, रोशी गाउँपालिकामा १ पुरुष, भुम्लु गाउँपालिकामा ५ पुरुष, महाभार गाउँपालिकामा १ महिला, तेमाल गाउँपालिकामा १ पुरुष र नमोबुद्ध नगरपालिकामा २ पुरुष सङ्क्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ४५८९ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या ४८५ महिला र ५८९ पुरुष गरी १०७४ पुगेको छ । अस्पताल आइसोलेसनमा ४६ जना र होम आइसोलेसनमा १०२८ जना रहेका छन् ।
सङ्क्रमणबाट मृत्यु हुनेमा बनेपाका ४० वर्षीय महिला रहेका छन् । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डा. झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।