काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा रहेको दुई वटा गाडी ‘एम्बुलेन्स’को रुपमा प्रयोग गर्ने भएको छ । कोभिड–१९ संक्रमण बढ्न थालेपछि एम्बुलेन्सको अभाव हुन नदिन गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर र उपाध्यक्ष कल्पना श्रेष्ठले प्रयोग गर्दै आएको दुवै गाडी ‘एम्बुलेन्स’को रुपमा प्रयोग गर्न लागेको हो ।
जनताको स्वास्थ्य भन्दा ठूलो अरु केही हुन नसक्ने भएकोले आफूहरुले प्रयोग गर्दै आएको गाडी ‘एम्बुलेन्स’को रुपमा प्रयोग गर्न लागेको उपाध्यक्ष कल्पना श्रेष्ठले बताए । साथै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि कोही विरामी भएको खण्डमा आफूहरुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
‘दुःख परेको मानिसलाई सहानभुति होइन, सहयोगको आवश्यकता पर्छ । त्यसैले सबैले सहयोग गरौं । कहीं कतै आवश्यक भयो भन्ने भुम्लु गाउँपालिकाको दुबै गाडी बिरामीहरूको लागि हस्पिटल लानु ल्याउनु प¥यो भन्ने सम्पर्क गर्नुहोस् । सम्पर्कको लागि ९८४१६४८७७२ ।’ उपाध्यक्ष श्रेष्ठले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।