मिति २०७४।०१।१५ गते राती १२।०० बजेबाट मिति २०७४।०१।२६ गते राती १२।०० बजेसम्मका लागि जारी गरिएको निषेध आदेश मिति २०७४।०१।२६ गते राती १२।०० बजेबाट मिति २०७८।०२।०२ गते राती १२।०० बजेसम्मका लागि देहायअनसार हनेगरी पनः जारी गरिएको छ ।
काभ्रे जिल्लामा कोभिड–१९ रोगको संक्रमण दर उच्च रुपमा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेले जेष्ठ २ गतेसम्मको लागि निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेले एक आदेश जारी गर्दै निषेधाज्ञा थपेको जानकारी दिएको हो । यस अघि जिल्लामा आजसम्म मात्र निषेधाज्ञा घोषणा गरेको थियो ।
‘मिति २०७४।०१।१५ गते राती १२।०० बजेबाट मिति २०७४।०१।२६ गते राती १२।०० बजेसम्मका लागि जारी गरिएको निषेध आदेश मिति २०७४।०१।२६ गते राती १२।०० बजेबाट मिति २०७८।०२।०२ गते राती १२।०० बजेसम्मका लागि देहाय अनसार हनेगरी पनः जारी गरिएको छ ।’ आदेशमा भनिएको छ ।
यस्तो छ आदेशः
विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१५) को संक्रमण तिव्र गतिमा बढिरहेको अवस्था छ । यस जिल्लामा पनि यस रोगको संक्रमण दर उच्च रुपमा बढिरहेको अवस्थालाई दृष्टिगत गरी कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७४।०१।१५ गते राती १२।०० बजेबाट मिति २०७४।०१।२६ गते राती १२।०० बजेसम्मका लागि जारी गरिएको निषेध आदेश मिति २०७४।०१।२६ गते राती १२।०० बजेबाट मिति २०७८।०२।०२ गते राती १२।०० बजेसम्मका लागि देहायअनसार हनेगरी पनः जारी गरिएको छ । यस आदेशको अवहेलना तथा बर्खिलाप हने गरी कहीं कसैबाट कार्य भएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
निम्नः
१ सर्वसाधारणले पालना गर्नुपर्नेः
१.१ औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाटबाहिर ननिस्कने, हिंडडुल, आवतजावत गर्न नपाउने ।
१.२ नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी अनिवार्य पालना गर्ने ।
१.३ सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, शैलुन, ब्युटि पार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, संग्रहालय आदि सञ्चालन गर्न नपाउने ।
१.४ हाट, मेला, जात्रा, महोत्सव, पार्टि, भोज जस्ता भिडभाड हुने कार्यहरु गर्न नपाउर्ने ।
१.५ कोभिड–१५ सँग मिल्दोजुल्दो वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्ने ।
कार्यालय सञ्चालन सम्बन्धमाः
२.१. सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने ।
२.२ बैंक तथा वित्तीय संस्थाहरुका हकमा राष्ट्र बैंकबाट ईजाजत प्राप्त बैंक तथा लघुवित्त कम्पनीहरु र बीमा समितिबाट ईजाजत प्राप्त बीमा कम्पनीहरुले माथिल्लो निकायको स्विकृती लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने । निषेधित क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुले अत्यावश्यक कार्यका लागि बढिमा हप्ताको २ दिन कार्यालय सञ्चालन गरी अत्यावश्यक सेवा प्रदान गर्ने ।
सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन सम्बन्धमा निषेध गरिएका क्षेत्रः
३.१. सार्वजनिक तथा निजी सवारी साधन उल्लेखित समयमा निषेध आदेश जारी भएको निम्नानुसार क्षेत्रमा सञ्चालन नगर्ने ।
सवारी साधन (यातायात) र आवतजावत निषेध गरिएका क्षेत्रहरुको विवरण
३.१.१ अरनिको राजमार्गको साँगादेखि बनेपा बजार(धुलिखेल सदरमुकाम( पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँ–बायाँ ५०० मिटर ।
३.१.२ बनेपा तीनदोबाटो देखि नाला भगवतीसम्मको सडकको दायाँ-बायाँ ५०० मिटर ।
३.१.३ बनेपा-पनौती-खोपासी सडकको ५०० मिटर दायाँ-बायाँ क्षेत्र ।
३.१.४ वि.पी. राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ्ग-भकुण्डे हुँदै मंगलटार सम्म सडकको दायाँ-बायाँ २०० मिटर सम्मको क्षेत्र ।
३.१.५ पाँचखाल न.पा. को जिरोकिलो देखि कुन्तावेशी सम्म सडकको दायाँ-बायाँ २०० मिटर क्षेत्र ।
३.१.६ ग्वार्को-नमोबुद्ध राजमार्गको मानेदोभान-कुशादेवी-सुन्थान-शंखुपाटीचौर-नमोबुद्ध मन्दिर क्षेत्रको दायाँ-बायाँ २०० मिटर क्षेत्र ।
३.१.७ नगरकोट-कुन्ताबेशी सडकको दायाँ-बायाँ २०० मिटर क्षेत्र ।
३.१.८ नाला करुणामय मन्दिर देखि भक्तपुर सडकको भञ्ज्याङ्गसम्म दायाँ-बायाँ २०० मिटर क्षेत्र ।
३.१.६ पनौती-बाँस्डोल-भैंसेपाटी सडकको दायाँ-बायाँ २०० मिटर क्षेत्र ।।
३.१.१० जिरो किलो मेलम्ची सडकको जिरो किलो देखि मेलम्ची न.पा. र इन्द्रावती गा.पा. को सीमाना
सीपाघाट बजारसम्मको दायाँबायाँ ५०० मिटर क्षेत्र ।
३.१.११ बनेपा-चण्डेश्वरी-रबीओपी-पाँचखाल सडकको दायाँबायाँ २०० मिटर क्षेत्र ।
३.२ अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी सेवा, दुरसञ्चार, बैंक, वित्तीय संस्था, ईन्टरनेट, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाक सेवामा प्रयोग भएका सवारी साधनहरुमा विषय उल्लेख गरी सञ्चालन गर्न पाउने । ३.३ जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राती ५:00 बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पाउने ।
४. अत्यावश्यक सामग्रीका सम्बन्धमाः ।
४.१ खाद्यान्न, डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र सञ्चालन गर्ने समय बिहान ६:०० बजेबाट बिहान
१०:00 बजेसम्म र साँझ ५:00 बजेबाट राती ७:०० बजेसम्म निर्धारित स्वास्थ्य सुरक्षा
मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।
४.२ औषधी तथा स्वास्थ्य सामग्री उत्पादन र वेचविखन गर्ने उद्योग तथा पसलहरु लगायत
अत्यावश्यक सेवा सम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी
सञ्चालन गर्ने ।
५. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था, विद्युत, संचार, खानेपानी, फोहोरमैला व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचय-पत्र र कार्यालयमा आउनु पर्ने पालो सूचीको आधारमा आवतजावत गर्न पाउने ।
६. सञ्चार कर्मी/पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय-पत्रको आधारमा आवतजावत गर्न पाउने ।
७. निषेधित क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरुले Takeaway र Home Delivery दिन सक्ने ।
८. विवाह तथा ब्रतबन्ध आयोजनाका लागि (दुलाहा, दुलही समेत) १५ जना भन्दा बढी नहुने गरी सहभागी
हुन पाउने । विवाहका लागि कुनै अर्को स्थान जानुपर्ने भएमा वा फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा १५ जना सम्मको लागि स्थानीय तहको सिफारिस लिई जान सकिने ।
५. माथि उल्लेखित आदेशहरु पालना नगर्ने वा यो काम गर्न बाधा पुऱ्याउने जो कोहीलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाँय हुने जानकारी गराइन्छ ।
मितिः २०७८।०१।२६
शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















