सङ्क्रमणबाट मृत्यु हुनेहरूमा पनौतीका ८७ वर्षीय महिला, धुलिखेलका ६२ वर्षीय महिला, ५८ वर्षीय पुरुष, २७ वर्षीय पुरुष र भक्तपुरका ७६ वर्षीय महिला रहेका छन् ।

काभ्रे जिल्लामा आज आइबार ४० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने १२ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सङ्क्रमित ५ जनाको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा १५ महिला ६ पुरुष, धुलिखेल नगरपालिकामा ४ महिला ५ पुरुष, पनौती नगरपालिकामा १ महिला ३ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला, नमोबुद्ध नगरपालिकामा १ महिला र १ पुरुष सङ्क्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ४६३९ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या ४९८ महिला र ६०१ पुरुष गरी १०९९ पुगेको छ । अस्पताल आइसोलेसनमा ४६ जना र होम आइसोलेसनमा १०५३ जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबिच सङ्क्रमणबाट मृत्यु हुनेहरूमा पनौतीका ८७ वर्षीय महिला, धुलिखेलका ६२ वर्षीय महिला, ५८ वर्षीय पुरुष, २७ वर्षीय पुरुष र भक्तपुरका ७६ वर्षीय महिला रहेका छन् । उनीहरू मध्य ३ जनाको विभिन्न अस्पतालमा र २ जनाको घरमै मृत्यु भएको डा झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरूको सङ्ख्या ९० पुगेको छ । उनीहरू मध्य ६३ जना काभ्रेका रहेका छन् भने २७ जना अन्य जिल्लाका रहेका छन् ।

Comments

comments