काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि (सोमबार) बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । आफ्ना मागको सुनुवाइ गर्ने सम्बन्धमा प्रतिबद्धताको लागि अल्टिमेटम दिएको हो ।
आइतबार अपराह्न बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समय सीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका नेता योगेश भट्टराईले जानकारी दिए ।
२ जेठ ०७५ मा पार्टी कमिटी फर्काउन र विभिन्न समयमा गरेको निर्णयहरू फिर्ता लिए पार्टी एकताबद्ध हुने भट्टराईले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।