काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले सांसदबाट राजीनामा नदिने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको नेपाल पक्षको बैठकले सांसदबाट राजीनामा नदिने बरु बैठकमा उपस्थित नहुने निर्णय गरेको सांसद राजबहादुर बुढाले बताए।
ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु भएको भन्दै नेता भीम रावलले आफूहरुले आजको प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताए।
उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुँदैन भन्ने आफूहरुको मत रहेको बताए। रावलका अनुसार नेपाल पक्षका २२ जना सांसद बैठकमा अनुपस्थित हुनेछन्।
यसअघि नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने बताएका थिए। उनीहरूले पार्टी एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कुनै पहल, प्रयत्न नगरेको र आफूहरूको तर्फबाट गरिएको सबै प्रयास असफल भएको बताएका थिए। प्रधानमन्त्री ओलीले सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















