काभ्रे । नेपाली काँग्रस काभ्रेले जनताको स्वास्थ्य प्रति उदासिन नबन्न सरकारलाई आग्रह गरेको छ । पार्टीका जिल्ला सचिव दिनेश लामाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
‘दोश्रो चरणको कोभिड–१९ को महामारी दिनानुदिन बढ्दै गएको छ । दैनिक हजारौको संख्यामा कोभिडका विरामीह? बढ्दै गएका छन् । विरामीह?को लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर, आईसियु बेड लगायत औषधीको अभाव बढेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘अक्सिजन नपाएर विरामी छट्पटाएर मर्नु परेको, अस्पतालमा बेड नपाएर र अस्पतालको बेडको खोजी गर्दागर्दै एम्बुलेन्समा नै विरामीले मृत्युवरण गर्नु परेको जस्ता दर्दनाक परिस्थिति सृजना भएको छ । यस्तो परिस्थितिमा नेपाल सरकार कोभिड रोकथाम तथा नियन्त्रण र विरामीको उचित उपचारमा भन्दा संघदेखि प्रदेशसम्मको सत्ता जोगाउने तिकडम, औषधी तथा खोप खरिदमा कमिसनको खेलोमेलो जस्ता घृणित कार्यमा व्यस्त छ । सरकारको यस्ता घृणित तथा जनताको स्वास्थ्यप्रतिको उदासिन कार्यको जति निन्दा गरेपनि पर्याप्त हुँदैन ।’
विज्ञप्तिमा यस्तो महामारीको बेलामा विवाह तथा ब्रतवन्ध जस्ता भिडभाड हुने कार्यको लागि प्रशासनले दिएको छुट उचित नभएको भन्दै त्यसको लागि प्रशासनको ध्यानाकर्षण समेत गराएको छ ।
यस्तो छ विज्ञप्तिः
प्रेस विज्ञप्ति
दोश्रो चरणको कोभिड–१९ को महामारी दिनानुदिन बढ्दै गएको छ । दैनिक हजारौको संख्यामा कोभिडका विरामीह? बढ्दै गएका छन् । विरामीह?को लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर, आईसियु बेड लगायत औषधीको अभाव बढेको छ ।
अक्सिजन नपाएर विरामी छट्पटाएर मर्नु परेको, अस्पतालमा बेड नपाएर र अस्पतालको बेडको खोजी गर्दागर्दै एम्बुलेन्समा नै विरामीले मृत्युवरण गर्नु परेको जस्ता दर्दनाक परिस्थिति सृजना भएको छ । यस्तो परिस्थितिमा नेपाल सरकार कोभिड रोकथाम तथा नियन्त्रण र विरामीको उचित उपचारमा भन्दा संघदेखि प्रदेशसम्मको सत्ता जोगाउने तिकडम, औषधी तथा खोप खरिदमा कमिसनको खेलोमेलो जस्ता घृणित कार्यमा व्यस्त छ । सरकारको यस्ता घृणित तथा जनताको स्वास्थ्यप्रतिको उदासिन कार्यको जति निन्दा गरेपनि पर्याप्त हुँदैन ।
काभ्रे जिल्लामा दुई चरणको महामारीबाट ४ हजार ६ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । आजको मितिसम्ममा १ हजार ९९ जना सक्रिय संक्रमित छन् । जस् मध्ये १ हजार ५३ जना होम आइसोलेसनमा र ४६ जना विभिन्न अस्पतालह?मा उपचाररत रहेका छन् । संक्रमणबाट जिल्लाका स्थानीय ६५ जना र अन्य जिल्लाबाट आई काभ्रेमा बसोबास गरेका २७ जना गरी ९२ जनाले ज्यान गुमाईसकेका छन् । यसैबीच धुलिखेल नगरपालिका वडा नं ११ का दुई जनाले अस्पतालमा बेड नपाएर होम आईसोलेसनमा ज्यान गुमाउनु परेको र पनौती ४ का एक युवकले अस्पतालमा भ्यान्टिलेटर नपाएर ज्यान गुमाउनु परेको समाचार आएको छ । यस परिस्थितिमा कोभिड विरामीह?को लागि जिल्लाका अस्पतालह?मा आवश्यक बेड, आईसियु कक्ष तथा भ्यान्टिलेटरको प्रबन्ध गर्न जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारह?लाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रे जोडदार माग गर्दछ । यस्तो महामारीको बेलामा विवाह तथा ब्रतवन्ध जस्ता भिडभाड हुने कार्यको लागि प्रशासनले दिएको छुट उचित छैन । त्यसको लागि प्रशासनको ध्यानाकर्षण गराउँदछौं ।
अत्यावश्यक सेवाको नाममा बढीरहेको आवतजावत र हेलचेक्याईको कडा?पमा अनुगमनको लागि माग गर्दछौं । यस्तो विषम परिस्थितिमा काभ्रे जिल्लाका १३ वटै स्थानीय सरकारह?लाई अविलम्व कोभिड विरामीह?को उपचारको लागि आवश्यक कदम चाल्न आग्रह गर्दछौं । साथै अत्यावश्यक कामको लागि घरबाहिर निस्कदा जनस्वास्थ्यको आवश्यक मापदण्ड पालना गर्न र अन्य समय घरभित्रै बसेर कोभिड संक्रमण र रोकथामको कार्यमा सहयोग पुयाउनहुन आम काभ्रेली आमा–बुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अपिल गर्दछौं ।
जय नेपाल
दिनेश लामा
सचिव
नेपाली काँग्रेस, काभ्रे
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















