काभ्रे जिल्लामा आज आइबार १२८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमित ३ जनाको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा २० महिला २८ पुरुष, धुलिखेल नगरपालिकामा १८ महिला १९ पुरुष, पनौती नगरपालिकामा ८ महिला १० पुरुष, पाँचखाल नगरपालिकामा १ महिला ४ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ४ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा ४ महिला ६ पुरुष, तेमाल गाउँपालिकामा १ जना महिला, चौरीदेउराली गाउँपालिकामा २ पुरुष र भुम्लु गाउँपालिकामा १ जना पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ४७६७ पुगेको छ । सक्रिय संक्रमित संख्या ५५४ महिला र ६६४ पुरुष गरी १२१८ पुगेको छ । अस्पताल आइसोलेसनमा ४६ जना र होम आईसोलेसनमा ११७२ जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट मृत्यु हुनेहरुमा पनौतीका २४ वर्षिय पुरुष, बनेपाका ४५ वर्षिय पुरुष र भक्तपुरका ६५ वर्षिय पुरुष रहेका छन् । उनीहरु मध्य २ जनाको धुलिखेल अस्पतालमा र एक जनाको शिरमेमोरियल अस्पतालमा मृत्यु भएको डा झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या ९३ पुगेको छ । उनीहरु मध्य ६५ जना काभ्रेका रहेका छन् भने २८ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















