बनेपा । नेकपा एमाले (नेपालसमूह)का भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेलाई स्वास्थ्य सामाग्री हास्तान्तरण गरेको छ । कोभिड–१९ संक्रमण रोकथामको लागि भन्दै यूनियनले आज महासंघको कार्यालयमै पुगेर उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
महासंघका अध्यक्ष बद्रीराज तिमलिसनालाई अनेरास्ववियुले ७५० पिस मास्क, १०० पिस ६० एमएलको स्यानिटाइजर, ३० पिस फेस सिल्ड, १० पिस स्टिमर हस्तान्तरण गरेको छ । त्यसैगरी महासंघले हालै स्थापना गरेको आपत्कालीन कोषमा अनेरास्ववियूले १५ हजार रुपैयाँ समेत हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गर्न नेकपा एमालेका जिल्ला सचिव दिपक गौतम, युवा संघका सचिव भेषराज शाह, अनेरास्ववियू काभ्रेका अध्यक्ष वदन भण्डारी, उपाध्यक्ष मन्दिरा तिमल्सिना लगायत महासंघको कार्यालयमा पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















