काभ्रे जिल्लामा आज आइबार १९२ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने १२ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सङ्क्रमित ४ जनाको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा ४० महिला ५२ पुरुष, धुलिखेल नगरपालिकामा १९ महिला १४ पुरुष, पनौती नगरपालिकामा १३ महिला १० पुरुष, पाँचखाल नगरपालिकामा ५ महिला ४ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ महिला १ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला ७ पुरुष, रोशी गाउँपालिकामा १ महिला १ पुरुष, चौरीदेउराली गाउँपालिकामा १ महिला २ पुरुष, बेथानचोक गाउँपालिकामा ४ महिला १ पुरुष र भुम्लु गाउँपालिकामा ५ महिला ८ पुरुष सङ्क्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ४९६२ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या ६४० महिला र ७५८ पुरुष गरी १३९८ पुगेको छ । अस्पताल आइसोलेसनमा ४६ जना र होम आइसोलेसनमा १३५२ जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबिच सङ्क्रमणबाट आज मृत्यु हुनेहरूमा बनेपा–८ का ६३ वर्षीय महिला, पाँचखाल–९ का ३० वर्षीय महिला, भक्तपुरका ३३ वर्षीय महिला, बनेपाका ५६ वर्षीय महिला रहेका छन् । उनीहरू मध्य २ जनाको धुलिखेल अस्पतालमा र अर्को २ जनाको शिरमेमोरियल अस्पतालमा मृत्यु भएको डा. झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















