काभ्रे जिल्लामा आज बुधबार १४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमित ४ जनाको मृत्यु भएको छ ।

प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा १२ महिला २२ पुरुष, धुलिखेल नगरपालिकामा १७ महिला २३ पुरुष, पनौती नगरपालिकामा १७ महिला १४ पुरुष, पाँचखाल नगरपालिकामा ११ महिला ९ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला ८ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला ३ पुरुष, रोशी गाउँपालिकाम १ पुरुष, चौरीदेउराली गाउँपालिकामा १ पुरुष, बेथानचोक गाउँपालिकामा ४ महिला १ पुरुष र भुम्लु गाउँपालिकामा ५ महिला ८ पुरुष, तेमाल गाउँपालिकामा २ पुरुष संक्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ५१०८ पुगेको छ । सक्रिय संक्रमित संख्या ६९४ महिला र ८२४ पुरुष गरी १५१८ पुगेको छ । अस्पताल आइसोलेसनमा ४८ जना र होम आईसोलेसनमा १४७० जना रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबीच संक्रमणबाट आज मृत्यु हुनेहरुमा धनगढीका ८० वर्षिय पुरुष, भक्तपुरका ५४ वर्षिय पुरुष, काठमाडौंका ६० वर्षिय पुरुष र ललितपुरकी ५२ वर्षिय महिला रहेका छन् । उनीहरु सबैको धुलिखेल अस्पतालमा मृत्यु भएको डा. झाले जानकारी दिए ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १०१ पुगेको छ । उनीहरु मध्य ६८ जना काभ्रेका रहेका छन् भने ३३ जना अन्य जिल्लाका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।