काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले आफ्नो गाउँपालिकामा पनि कोभिड-१९ संक्रमण बढ्दै गएपछि विशेष अपिल जारी गरेका छन् । गाउँबासीको नाममा आज (विहिबार) एक अपिल जारी गर्दै गाउँपालिकाले जारी गरेको निषेधाज्ञा पूणर्रुपमा पालना गर्न अनुरोध गरेका छन् ।

‘एकातिर हाम्रो प्रत्येक टोलमा कोरोना संक्रमितहरू रहेको कुरा पुष्टि हुँदै गएको छ भने अर्को तर्फ संक्रमित बिरामीको उपचारको अवस्था देशभरी नै भयाबह छ ।’ अपिलमा अध्यक्ष गौतमले भनेका छन्, ‘कुनै अस्पतालमा सजिलै छिर्नसम्म पाउने अवस्था छैन र अकालमा बिरामीको मृत्यु भईरहेका छन् । तसर्थ, यस विषम परिस्थितिमा जोगिन तपाईहरू समक्ष विनम्र निवेदन गर्न चहान्छु ।’

गौतमले जारी गरेको अपिलमा भनिएको छः

१. गाउँपालिकाले जारी गरेको निषेधाज्ञा पूणर् रूपमा पालना गरौं ।
२. गाउँपालिकाका प्रत्येक व्यक्तिलाई कोरोनासंक्रमित झैं शंकाको दृष्टिले हेरी दुई जना भन्दा बढी भीडभाड गर्दै नगरौं ।
३. भिडभाड हुने खालका सामाजिक कार्यहरु जस्तै विवाह, ब्रतबन्ध, पूजा, घेवा, भोज भतेर सबै स्थगीत गरौ, अत्याबश्यक भए घरका बढीमा १० जना मात्र जम्मा हुने गरि सुरक्षित तरिकाले गरौं । समवेदना, आशिर्वाद आदी फोनबाट दिऊँ ।
४. कोरोना शंक्रमण पुष्टि भएका र शंका गरिएका प्रत्येक व्यक्ति घरमा चिकित्सकको सल्लाह अनुसार आईशोलेसनमा बसौं ।
५. बिरामीको अवस्था गम्भीर हुँदै गएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
६. टोल टोलमा स्वयंसेवक दस्ता निर्माण गरी गाउँपालिका र सुरक्षा संयन्त्रलाई जानकारी गराई सुरक्षित रुपमा परिचालित हुनुहोस् ।

अत्यावश्यक सेवा र सहयोगका लागि आफ्ना वडा अध्यक्ष र
गाउँपालिकामा: ९८५१०६४५४५, ९८५१२४३०७१, ९८५१२४३०८१, ९८५१२४३०९१

सुरक्षाकर्मीः
कात्तिके देउराली- ९८५१२८५६२७
ढाँडखर्क -९८६३१९४३१४

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।