काभ्रे जिल्लाको रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले कोभिड-१९ को दोस्रो लहरसँगै देशैभरिको परिस्थिती भयाबह बन्दै गएको भन्दै विपतको बेला नअत्तिन गाउँबासीमा अपिल गरेका छन् । गाउँबासीको नाममा एक अपिल जारी गर्दै नेपाल सरकारले तोकिएको स्वास्थ्य मापदण्डको पूणर्रुपमा पालना गर्दै धैर्यताका साथ रहन अध्यक्ष लामाले अपिल गरेका हुन् ।
‘सरकारबाट निर्धारित स्वास्थ्य मापदण्डको पुणर् पालना गरिदिनुहुन गाउँपालिकाले गर्नु पर्ने कार्यका सुझावहरु उपलब्ध गराइदिनु एबम् अनावश्यक हल्लाहरुको पछि नलागी आफुलाइ परेको समस्या बेलैमा जानकारी गराउनु हुन अनुरोध छ ।’ लामाले अपिलमा भनिएको छ, ‘बिपतको क्षणमा आतिएर हैन धैर्यले मात्रै समस्याको समाधान गर्न सकिन्छ तसर्थ यहाँहरुको सेवामा गाउँपालिका सदा तत्पर भएकोले नआत्तिइकन यो बिपतको सामना गर्न सबै गाउँपलिकाबासी महानुभाबहरुमा अनुरोध गर्दछु ।’
कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि सबै वडामा रहेको स्वास्थ्य केन्द्रलाई सकृय र तयारी अवस्थामा राखिएको रोशीबासीलाई लामाले जानकारी समेत दिएका छन् ।
‘कोभिड-१९ को दोस्रो लहरसँगै परिस्थिती भयाबह बन्दै गैरहेको छ । यस गाउँपालिकाले कोभिड रोकथाम एबं नियन्त्रणको शिलशिलामा जनप्रतिनिधि शिक्षक समुदाय एवं मेडिया फार्फत विभिन्न सचेतनामुलक कार्यक्रमहरु सन्चालन गरिरहेको छ ।’ अपिलमा उनले भनेका छन्, ‘गाउँपालिकाका १२ वटै स्वास्थ्य केन्द्रलाई सकृय तुल्याइएको छ । एक नम्बर वडामा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालबाट सेवा प्रवाह गरिआएको छ । नमोबुद्ध नगरपालिकासँगको सहकार्यमा मेथिनकोट अस्पताल नजिक जनक बहुमुखि क्याम्पसमा ४० बेडको अक्सिजन सहितको आइसोलेसन स्थापना गरिएको छ ।’
गाउँपालिकाबाट खरिद गरिएका ३ वटा एम्बुलेन्सलाई चोबिसै घन्टा सन्चालन हुनेगरि प्रबन्ध गरिएको र कन्ट्याक ट्रेसिङमा परेका तथा लक्षण देखिएका बिरामीहरुको स्वाब संकलन गरि प्रदेश प्रयोगशाला पठाउने ब्यबस्था गरिएको उनले बताइएको छ ।
गाउँपालिकाका नगरिकहरुले कुनै समस्यामा रहेको अबस्थामा समस्या गुम्स्याएर नराखी आ-आफ्ना वडाको जनप्रतिनिधि कर्मचारी तथा स्वास्थ्यकर्मीसँग समस्या राखिदिनुहुन समेत गाउँपालिका अध्यक्ष लामाले गाउँबासीमा अनुरोध गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















