काभ्रे जिल्लामा आज बुधबार १५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमित २ जनाको मृत्यु भएको छ ।

प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा २३ महिला २४ पुरुष, धुलिखेल नगरपालिकामा २१ महिला १९ पुरुष, पनौती नगरपालिकामा ६ महिला ७ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला ७ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला १३ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला ३ पुरुष, रोशी गाउँपालिकाम १ महिला १ पुरुष, चौरीदेउराली गाउँपालिकामा ४ पुरुष, तेमाल गाउँपािलकामा १ पुरुष, महाभारत गाउँपालिकामा ५ महिला ८ पुरुष, भुम्लु गाउँपालिकामा १ महिला, खानीखोला गाउँपालिकामा २ महिला ३ पुरुष संक्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ५२६५ पुगेको छ । सक्रिय संक्रमित संख्या ७२३ महिला र ८९५ पुरुष गरी १६१८ पुगेको छ । अस्पताल आइसोलेसनमा ६० जना र होम आईसोलेसनमा १५५८ जना रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबीच संक्रमणबाट आज मृत्यु हुनेहरुमा रामेछापका ४६ वर्षिय पुरुष र धुलिखेलका ५० वर्षिय पुरुष रहेका छन् । रामेछापका ४६ वर्षिय पुरुषको मृत्यु शिरमेमोरियल अस्पतालमा भएको र धुलिखेलका ५० वर्षिय पुरुषको मृत्यु घरमै भएको डा. झाले जानकारी दिए ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १०३ पुगेको छ । उनीहरु मध्य ६९ जना काभ्रेका रहेका छन् भने ३४ जना अन्य जिल्लाका रहेका छन् ।

Comments

comments