धुलिखेल । कोरोना भाईरस संक्रमितहरुले अक्सिजन नपाएर ज्यान गुमाउने अवस्थामा पुगीरहेको बेला जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न स्थानमा सिलिन्डरको खोजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरिखतिवडाका अनुसार आजसम्ममा प्रहरीले ६७ वटा सिलिन्डर जम्मा गरेको छ ।
जम्मा भएको सिलिन्डर जिल्लाको दुई अस्पताललाई ४० सिलिण्डर अक्सिजन उपलब्ध गराएको छ । प्रहरीले काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित विभिन्न उद्योगबाट खाली तथा भरी अक्सिजन सिलिण्डर जम्मा गरी धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताललाई उपलब्ध गराएको डिएसपी खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार धुलिखेल अस्पताललाई ३० थान र बनेपा स्थित शीर मेरोरियल अस्पताललाई १० थान अक्सिजन उपलब्ध गराएको जनाएको छ ।
बाँकी रहेका खाली सिलिण्डरहरु काभ्रेका पनौतीमा रहेको नवज्योति ग्यास उद्योगमा भर्न दिइएको र उक्त सिलिण्डरहरू आवश्यकता अनुसार जिल्लाका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई उपलब्ध गराउने प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















