काभ्रे जिल्लामा आज बुधवार १५१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने ४४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सङ्क्रमित ४ जनाको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा १९ महिला २१ पुरुष, धुलिखेल नगरपालिकामा १६ महिला ११ पुरुष, पनौती नगरपालिकामा ८ महिला ८ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला ३ पुरुष, रोशी गाउँपालिकामा १ महिला २ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला २ पुरुष, भुम्लु गाउँपालिकामा २ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा १० महिला १० पुरुष, तेमाल गाउँपालिकामा ६ महिला ११ पुरुष, र खानीखोलामा ६ महिला १० पुरुष सङ्क्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ५४१८ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या ७७६ महिला र ९४८ पुरुष गरी १७२४ पुगेको छ । अस्पताल आइसोलेसनमा ८२ जना र होम आइसोलेसनमा १६४२ जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबिच सङ्क्रमणबाट आज धुलिखेल अस्पतालमा मात्र ४ जनाको मृत्यु भएको छ । ४ जना मध्य ३ जना धुलिखेलको रहेको छ । मृत्यु हुनेहरूमा धुलिखेलका ४८ वर्षीय पुरुष, ७७ वर्षीय पुरुष, ९० वर्षीय पुरुष, दार्चुलाका ३३ वर्षीय पुरुष रहेको डा. झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरूको सङ्ख्या १०७ पुगेको छ । उनीहरू मध्य ७२ जना काभ्रेका रहेका छन् भने ३५ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















