सुदिन लामा
काभ्रे जिल्लाको खानीखोला वडा नं. ५ र ७ मा कोभिड संक्रमित बढ्दो अवस्थामा रहेको छ । दुवै वडाका विरामीहरुको स्वाव परिक्षण गर्दा २० जनामा कोभिड पोजिटिभ देखिएको छ ।
५ न वडामा १२ जनाको स्वाव परिक्षण गर्दा २ जना पुरुष २ जना महिलामा पोजिटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य संयोजक रामपुकार यादवले जानकारी दिएको छ । त्यसैगरी वडा नं ७ मा १७ जनाको स्वाव परिक्षण गर्दा १० पुरुष र ६ महिलामा कोरोना पोजेटिभ देखिएको यादवले बताए ।
स्वाव संकलन गर्दै परिक्षणको लागि प्रयोगशालमा ल्याउने क्रम जारी छ । सोही क्रममा बैशाख ३१ गते वडा नं ४ मा डा. आशिष वाक्लेको टोलीले २० जनाको स्वाव संकलन गरि सकेको यादवले जानकारी दिए ।
उनका अनुसार पालिका भरिमा १०० जना भन्दा बढीमा कोरोना पोजिटिभ देखिएको जानकारी दिंदै सम्पूर्णलाई सजक रहन आग्रह समेत गरे ।
वडा नं ७ का वडा अध्यक्ष क्षेत्रमान घ्याबाका अनुसार आफ्नो वडामा बढी संक्रमित देखिएकोले पालिकाले कुनै पनि बैठक नराखीएको बताएका छन् । व्यवस्थापनमा समस्या आएपछि वडा अध्यक्ष घ्याबाले सम्पूर्णलाई होम आइसोलेसनमा बस्न अनुरोध गरे ।
त्यसैगरी खानिखोला गाउँपालिका प्रवक्ता मान बहादुर गोलेको अनुसार संक्रमितहरु प्राय होम आइसोलेसन मै बस्ने र धेरै नै गाह्रो भए पालिकाको एम्वुलेन्स तयारीमा राखिएको जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















