पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकालाई आइसोलेसन कक्ष निर्माणको लागि बेड सहयोग गरेको छ । नगरपालिकालाई लायन्स डिष्ट्रिक ३२५ ए २ नेपाल कोभिड व्यवस्थापन समितिले आईसोलसन बनाउनको लागि चाहिने सामाग्रीहरु सहयोग गरेका हुन् ।
उक्त समितिले आइसोलेसन कक्ष निर्माणको लागि आवश्यक बेड, मेट्रेक्स, तन्ना व्ल्याङ्केट लगायत १० सिट सहयोग गरेको थियो ।
उक्त सामाग्री नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, लायन्स क्लबको तर्फवाट चन्द्र ढकाल र कैलाश पलाञ्चोके लगायतले नगर उपप्रमुख लक्ष्मी दनुवार र स्वास्थ्य शाखा संयोजक उज्वल अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
पाँचखाल नगर प्रमुख महेश खरेल, लायन्स क्लबको तर्फवाट विधान जोशी र चन्द्र ढकालको पहलमा नगरपालिकालाई वेड प्राप्त भएको जनाएको छ ।
हस्तान्तरण कार्याक्रममा नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी तथा नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















