काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । वडा नं. ९ र ११ का किसानलाई उक्त सामाग्री वितरण गरेको हो ।
५० प्रतिशत अनुदानमा उक्त ट्याक्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ । किसानको ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त टयाक्टर ३५ थान वितरण गरिएको वडा अध्यक्ष शिवशरण लामाले जानकारी दिए । वडा नम्बर ११ को वडा कार्यालयमा भएको वितरण कार्यक्रममा नगरप्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, वडा अध्यक्ष लामा, वडा सदस्य हिराकाजी लगातका सहभागी रहेका थिए ।
त्यस्तै वडा नं ९ का किसानहरुलाई २५ थान हाते ट्याक्टर वितरण गरिएको छ । उक्त कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले किसानहरुलाई हस्तान्तरण गरेका थिए । वडा नम्बर ९ ले यो समेत ट्याक्टर वितरण गरेको चौथो पटक हो ।
कृषिमा आधुनिकीकरण तथा यान्त्रिककरण गरि कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उदेश्यले हाते ट्याक्टर वितरण गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।
उपप्रमुख लक्ष्मी दुनुवारले कम लगानी, समयको बचतका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकोले हाते ट्याक्टर वितरण गरेको बताईन ।
वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले वडाले ‘एक घर, एक ट्याक्टर’ अभियान चलाईरहेको र यस अघिपनि वडाका ८१ वटा समुहले ट्याक्टर पाईसकेको जानकारी दिए ।
वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले पनि वडाले ‘एक घर, एक ट्याक्टर’ अभियान चलाईरहेको र यस अघिपनि वडाका ८१ वटा समुहले ट्याक्टर पाईसकेको जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















