काभ्रे जिल्लामा आज बुधवार ९८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने १० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सङ्क्रमित ६ जनाको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार धुलिखेल नगरपालिकामा ३२ महिला २४ पुरुष, बनेपा नगरपालिकामा २० महिला ११ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ महिला ८ पुरुष, भुम्लु गाउँपालिकामा १ महिला, चौंरीदेउराली गाउँपालिकामा १ पुरुष सङ्क्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ५५१९ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या ८२३ महिला र ९८८ पुरुष गरी १८११ पुगेको छ । अस्पताल आइसोलेसनमा ८५ जना र होम आइसोलेसनमा १७२६ जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबिच सङ्क्रमणबाट आज धुलिखेल अस्पतालमा ६ जनाको मृत्यु भएको छ । ६ जना मध्य ३ जना धुलिखेलको रहेको छ । मृत्यु हुनेहरूमा मण्डनदुउपुर नगरपालिका ८९ वर्षीय पुरुष, धुलिखेल नगरपालिकाका ७५ वर्षीय पुरुष, ६५ वर्षीय महिला, ७९ वर्षीय महिला, रोशी गाउँपालिकाका ४० वर्षीय पुरुष, सिन्धुपाल्चोकका ५० वर्षीय पुरुष रहेको डा. झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरूको सङ्ख्या ११३ पुगेको छ । उनीहरू मध्य ७७ जना काभ्रेका रहेका छन् भने ३६ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















