काभ्रे जिल्लामा आज बुधबार १९७ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका छन् भने ५३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार चौंरीदेउराली गाउँपालिकामा २ पुरुष, बनेपा नगरपालिकामा ९ महिला, ९ पुरुष, धुलिखेल नगरपालिकामा ११ महिला, १३ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ पुरुष, पाँचखाल नगरपालिकमा १ महिला, ५ पुरुष, तेमाल गाउँपालिकामा ३ पुरुष, पनौती नगरपालिकामा ६१ महिला ७६ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष र रोशी गाउँपालिकामा १ महिला २ पुरुष नयाँ संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ५७१८ पुगेको छ । सक्रिय संक्रमित संख्या ८८१ महिला र १०७३ पुरुष गरी १९५४ पुगेको छ । अस्पताल आइसोलेसनमा ९९ जना र होम आईसोलेसनमा १८५५ जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नमोबुद्ध नगरपालिकाका ७० वर्षिय पुरुष, मण्डनदेउपुर नगरपालिकाका ६६ वर्षिय पुरुष, सर्लाहीका ५५ वर्षिय महिला, धनकुटाका ५२ वर्षिय पुरुष, बनेपाका ८३ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या ११८ पुगेको छ । उनीहरु मध्य ८० जना काभ्रेका रहेका छन् भने ३८ जना अन्य जिल्लाका रहेका छन् ।
यसरी संक्रमण दर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले निषेधाज्ञाको समय अवधि आजबाट एक हप्ताको लागि बढाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















