काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सबै सेवा प्रवाह अनिश्चितकालको लागि बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष डिबी लामाले एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाह अनिश्चितकालको लागि बन्द गरेको जनाएका छन् ।
आज मात्र काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्ला भरि लागु हुने गरी आगामी जेठ १२ गतेसम्मको लागि निषेधाज्ञा आदेश गरेको थियो । सोही आदेश अनुसार गाउँपालिका कार्यालय र वडा कार्यालयमा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गरेको अध्यक्ष लामाले जनाएको छ ।
‘संक्रमणको दोस्रो लहरको जोखिम दिनानुदिन बढ्दै गईरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय काभ्रेले यस अघि जिल्लाका सिमित क्षेत्रमा मात्र निषेध आदेश जारी गरेकोमा मिति २०७८।०२।०२ गते जारी गरेको आदेश वमोजिम मिति २०७८।०२।१२ गते राती १२ बजेसम्मका लागि जिल्लाभरि लागु हुने गरी निषेध आदेश भएकोले उक्त अवधिमा गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक वाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको व्यहोरा अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















