काभ्रे जिल्लामा आज सोमबार १७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १४० जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा ३६ जना महिला २९ जना पुरुष, धुलिखेल नगरपालिकामा १० महिला १५ पुरुष, पनौती नगरपालिकामा २ महिला ६ पुरुष, पाँचखाल नगरपालिकामा १० महिला १५ पुरुष, नमोबुद्ध नगरपालिकामा ४ महिला ५ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १५ महिला २३ पुरुष, चौंरीदेउराली गाउँपालिकामा ४ महिला २ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष र तेमाल गाउँपालिकामा १ पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ५८९८ पुगेको छ । सक्रिय संक्रमित संख्या ९०६ महिला र १०८३ पुरुष गरी १९८९ पुगेको छ । अस्पताल आइसोलेसनमा ९८ जना र होम आईसोलेसनमा १८९१ जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भक्तपुरका ६१ वर्षिय महिला, मण्डनदेउपुरका २० वर्षिय महिला, पनौती नगरपालिकाका ७० वर्षिय महिला, धुलिखेल नगरपालिकाका ६५ वर्षिय पुरुष, चौंरीदेउराली गाउँपालिकाका ४८ वर्षिय पुरुष, धुलिखेल नगरपालिकाका ४५ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १२४ पुगेको छ । उनीहरु मध्य ८५ जना काभ्रेका रहेका छन् भने ३९ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















