प्रेस संगठन, नेपालका केन्द्रिय सदस्य तथा वरिष्ठ पत्रकार ईश्वरी राजकुमार मैनालीलाई मातृशोक परेको छ । वरिष्ठ पत्रकार मैनालीकी आमा सरस्वती मैनालीको ७७ वर्षको उमेरमा आज निधन भएको हो ।

दिवंगत मैनालीको ३ छोरा र ३ छोरी रहेका छन् । वरिष्ठ पत्रकार मैनाली जेठो छोरा हुन् । उनको सर्लाही जिल्ला वागमती नगरपालिका वडा नं. ५, सोल्टीबजार स्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्राेतले बताएको छ ।

Comments

comments