संक्रमितको मृत्यु हुन नरोकेपछि काभ्रे जिल्लामा कोभिड-१९ संक्रमितको शव व्यवस्थापन गर्न जिल्लाको विभिन्न स्थान तोकिएको छ । आज बसेको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निणर्य गरेको हो ।

केन्द्रको संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहहरुबाट पहिचान भइ आएको स्थानहरुलाई नै शव व्यवस्थापनको लागि तोकिएको छ । दिनादिन संक्रमितको मृत्यु हुन थालेपछि केन्द्रको बैठकले जिल्लामा शव व्यवस्थापनको स्थान तोक्नु परेको जनाएको छ ।

कुन स्थानीय तहको कुन स्थानमा ?

पाँचखाल नगरपालिकाको लागि पाँचखाल र भम्ल गाउँपालिका बीचको दोलालघाट बगर क्षेत्र तोकिएको छ । त्यसैगरी मण्डनदेउपुर नगरपालिकाका लागि वडा नं. ७ र ९ को सिमानको मशानेपार्टी घाट क्षेत्र तोकिएको छ भने बैकल्पिक क्षेत्र वडा नं. १ र ५ को सिमाना पर्ने लट्टघारी वन क्षेत्र र वडा नं. १२ को बाँसखार्क लगायतका सामुदायिक वन क्षेत्र तोएिको छ ।

त्यसैगरी चौंरीदेउराली गउाँपािलकाका लागि चिहानडाँडा, गोठपानी सुङ्गेखोला, चौरीखोला वडा नं. ५, चलाखु चिहानडाँडा, काफ्ले चिहानडाँडा, सलम्बु चिहानडाँडा र चौरीखोला वडा नं. ३ तोकिएको छ ।

त्यस्तै भुम्ल गा.पा. का लागि सनकोसी नदि र ईन्द्रावती नदिको दोभान तोकिएको छ भने खानीखोला गाउँपालिकाका लागि बागमती घाट खानीखोला गा.पा. ५ तोकिएको छ ।

रोशी गाउँपालिकाका लागि भने भ्याकुरे खोला र रोशी खोला त्रिवेणी घाट क्षेत्र तोकिएको छ ।
बनेपा, धुलिखेल, पनौती लगायत केही स्थानीय तहको भने शव व्यवस्थापन गर्ने स्थान तोकिएको छैन ।

यसबै बीच बैठकले जिल्लाको अवस्था विश्लेषण गर्दा पछिल्लो समय सक्रिय कमित संख्या उच्च रहेको र मृत्युदर समेत उच्च रहेको पाइएको हुँदा संक्रमण दरमा रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने/गराउने कार्यमा निरन्तरता दिन सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गर्ने र स्थानीय तहहरुद्वारा सञ्चालित आइसोलेसन सेन्टर र त्यसमा रहेको उपचार व्यवस्थालाई चुस्त बनाउने निणर्य गरेको बताइएको छ ।

Comments

comments