काभ्रे जिल्लामा आज मङ्गलवार १३७ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने १८८ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा २३ महिला २० पुरुष, पाँचखाल नगरपालिकामा १ पुरुष, धुलिखेल नगरपालिकामा २७ महिला ४४ पुरुष, पनौती नगरपालिकामा ४ महिला ७ पुरुष, रोशी गाउँपालिकामा ३ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ महिला १ पुरुष, तेमाल गाउँपालिकामा १ पुरुष, चौंरीदेउराली गाउँपालिकामा १ पुरुष, खानीखोला गाउँपालिकामा १ पुरुष, बेथानचोक गाउँपालिकामा १ पुरुष र महाभारत गाउँपालिकामा २ पुरुष सङ्क्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ६०३८ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या ८७७ महिला र १०६१ पुरुष गरी १९३८ पुगेको छ । अस्पताल आइसोलेसनमा १०६ जना र होम आइसोलेसनमा १८३२ जना रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबिच सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा धुलिखेल नगरपालिकामा ६३ वर्षीय महिला, बनेपा नगरपालिकाका ७० वर्षीय पुरुष, भक्तपुरका ६६ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ६७ वर्षीय पुरुष र धादिङका ४८ वर्षीय महिला रहेको डा. झाले जानकारी दिए ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरूको सङ्ख्या १२९ पुगेको छ । उनीहरू मध्य ८८ जना काभ्रेका रहेका छन् भने ४१ जना अन्य जिल्लाका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।