तेमाल । काभ्रे जिल्ल तेमाल गाउँपालिकामा कोभिड–१९ संक्रमण बढ्दै गएपछि स्वास्थ्य सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको छ । गाउँपालिकाको आजको बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले एक सूचना मार्फत जानकारी दिएका छन् ।
सूचनामा भनिएको छ, ‘गाउँपालिका एवं वडा कार्यालयहरुबाट प्रवाह हुने अति आवश्यक स्वास्थ्य सेवा बाहेक अन्य सेवाहरु (योजना अनुगमन, भुक्तानी लगायतका सेवाहरु) तथा गाउँपालिका भित्रका बैक तथा वित्तिय संस्था, सरकारी एवं गैर सरकारी संघ संस्थाहरुबाट प्रवाह हुने सेवाहरु मिति २०७८।०२।०५ गते देखि मिति २०७८।०२।१० सम्मका लागि पूर्ण रुपमा बन्द हुने भएकोले सम्बन्धित सरोकारवाला पक्षहरु सबैको जानकारीका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ ।’
तेमाल गाउँपालिका भित्र कोभिड–१९ संक्रमण बढ्दै गइरहेको हुनाले जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सबै सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















