काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नंं १२ का वडा अध्यक्ष राम लामा स्वास्थ्यकर्मी र औषधि बोकेर आफ्नो गाउँमा पुगेका छन् । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण सहित गाउँ जनता बिरामी भएपछि स्वाब सङ्कलन गर्न गाउँमा पुगेका हुन् ।

सो क्रममा वडा अध्यक्ष लामाले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने खालको ओषधि समेत लगेर वितरण गरेका छन् । ‘जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्य गरेको हुँ ।’ वडा अध्यक्ष लामाले भने, ‘अब रोग प्रतिरोधात्मक क्षमता बढाउने खालको औषधि पनि हामीले वितरण गरेका छौँ ।’

उनले नआतिकन, धैर्य गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन स्थानीय जनतालाई अनुरोध समेत गरे । ‘धैर्यताका साथ तपाईँहरू रहनुहोस्, आत्मबल ठुलो बनाउँदै स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न म हार्दिक अनुरोध गर्दछु ।’ लामाले भने, ‘स्वास्थ्यमा जटिल समस्या भए मलाई जानकारी गराउनुहोस्, तपाईँहरूको सहयोगको लागि सधैँ साथमा छु ।’

सो अवसरमा १७ जनाको स्वाब सङ्कलन गरेको उनले जानकारी दिए । परीक्षण परिणामको आधारमा थप कदम चालिने वडा अध्यक्ष लामाले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गर्न गाउँपालिकाको स्वास्थ्य शाखा, वडाका स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरू सो गाउँमा पुगेका थिए ।

Comments

comments