काभ्रे जिल्लामा आज मंगलबार २८२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १६६ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा ३३ महिला ३१ पुरुष, धुलिखेल नगरपालिकामा २४ महिला २४ पुरुष, पनौती नगरपालिकामा ४२ महिला ४६ पुरुष, नमोबुद्ध नगरपालिकामा ५ महिला १० पुरुष, पाँचखाल नगरपालिकामा ३ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १५ महिला २० पुरुष, चौंरीदेउराली गाउँपालिकामा २ महिला २ पुरुष, भुम्लु गाउँपालिकामा १ महिला ११ पुरुष र खानीखोला गाउँपालिकामा २ महिला ११ पुरुष संक्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ६२२३ पुगेको छ । सक्रिय संक्रमित संख्या ९२८ महिला र ११२५ पुरुष गरी २०५३ पुगेको छ । अस्पताल आइसोलेसनमा १०१ जना र होम आईसोलेसनमा १९५२ जना रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नमोबुद्ध नगरपालिकाका ७५ वर्षि महिला, पनौती नगरपालिकाका ६३ वर्षिय पुरुष, बनेपा नगरपालिकाका ८४ वर्षिय महिला, धुलिखेल नगरपालिकाका ६६ वर्षिय महिला रहेको डा. झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १३३ पुगेको छ । उनीहरु मध्य ९२ जना काभ्रेका रहेका छन् भने ४१ जना अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















