काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका–६ मा मिनि टिपर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । वडा अध्यक्ष रेशम चौंलागाईंका अनुसार मृत्यु हुनेमा रामेछाप जिल्ला सुनापति गाएँपालका वडा नं. १ का १९ वर्षिय विनोद शिवभक्ति रहेका छन् ।

अध्यक्ष चौंलागाईंका अनुसार एकजना भने गम्भिर घाइते भएको छ । घाइते हुनेमा सुनापति गाउँपालिकाकै ४५ वर्षिय रामबहादुर बम्जन रहेका छन् ।

कात्तिके देउरालीको स्वास्थ चौकी निर्माणका लागि ढुङ्गा लैजादै गरेको बा ५ ख १५२४ नम्बरको टिपर उकालो बाटोमा ब्याक भएर भिरबाट तल खसेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।