काभ्रे जिल्लको तेमाल गाउँपालिका– ६ मा रहेको ठूलोपर्सेल स्वास्थ्य चौकीलाई पर्यटन ब्यवसायी निर बहादुर तामाङले औषधि लगायत अतिआवश्याक स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । पिस नेपाल ट्रेक्सका निर्देशक एवं नेपाल कम्युस्ट पार्टी (माओबादी केन्द्र)का युबा नेता निर बहादुर तामाङले ठूलोपर्सेलका कोरोना सङ्क्रमित तथा अन्य व्यक्तिहरुका लागी औषधि साथै स्वास्थ्य कर्मिहरूको लागि सुरक्षा सामग्री सहयोग गरेका हुन् ।
तेमाल गाउँपालिका वडा नं ६ का अध्यक्ष एवं ठूलोपर्सेल स्वास्थ्य चौकीका संयोजक बिकुलाल तामाङले उक्त सामग्री लिँदै यस अप्ठ्यारो परिस्थितीमा पनि वडाका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको प्रति सहयोगी तामाङलाई धन्यवाद दिए ।
समाजसेवी तामाङले यसअघि पनि वडाले गरेको बिभिन्न महत्वापुर्ण कार्यक्रमहरूमा सहयोग गर्दै आएको थिए ।
नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको महामारीमा जनताले दिएको जिम्मेवारी निर्बाह गर्दै जनप्रतिनिधिहरुले जोखिम मोलेर दिनरात नभनि जनताको सेवामा लागिरहेको प्रति नेता तामाङले सम्मान व्यक्त गरे । यो जटिल समयमा हातमा हात काँधमाकाँध मिलाउँन सकेमा जस्तो सुकै चुनौतिको पनि सामना गर्न सक्ने बिश्वास व्यक्त गर्दै उनले ठूलोपर्सेलका नागरिकहरुलाई सामाग्री सहयोग गरेको तामाङले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















