काभ्रे जिल्लामा आज बिहिवार सोचेको भन्दा बढी कोभिड–१९ सङ्क्रमित दर बढेको छ । आज मात्र जिल्लामा ४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३६ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टामा ४ जना सङ्क्रमितको मृत्यु भएको छ ।

कुन पालिकामा कति जना ?

आज सबैभन्दा बढी सङ्क्रमित पनौती नगरपालिकामा देखिएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा३१ महिला ३९ पुरुष, धुलिखेल नगरपालिकामा ४५ महिला २५ पुरुष, पनौती नगरपालिकामा ५० महिला ६९ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ६ महिला ६ पुरुष, नमोबुद्ध नगरपालिका ९ महिला २० पुरुष, भुम्लु गाउँपालिकामा १२ महिला १५ पुरुष, खानीखोला गाउँपालिकामा २ महिला १ पुरुष, बेथाचोक गाउँपालिकामा २५ महिला १० पुरुष, पाँचखाल नगरपालिकामा १ महिला, रोशी गाउँपालिका १३ महिला ३३ पुरुष, तेमाल गाउँपालिमा १ पुरुष, महाभारत गाउँपालिकामा १० महिला, १४ पुरुष र चौंरीदेउराली गाउँपालिमा १ पुरुष सङ्क्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ६७६८ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या १०६९ महिला र १२८९ पुरुष गरी २३५८ पुगेको छ । अस्पताल आइसोलेसनमा ११९ जना र होम आइसोलेसनमा २२३९ रहेका छन् ।

यस्तो छ मृत्यु विवरण

यसैबिच सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रोशी गाउँपालिकाका ६८ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ३८ वर्षीय महिला, धुलिखेल नगरपालिकाका ७८ वर्षीय पुरुष र नमोबुद्ध नगरपालिकाका ७७ वर्षीय पुरुष रहेको डा. झाले जानकारी दिए ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरूको सङ्ख्या १३७ पुगेको छ । उनीहरू मध्य ९६ जना काभ्रेका रहेका छन् भने ४१ जना अन्य जिल्लाका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।