धुलिखेल । कोभिड–१५ उपचार, रोकथाम तथा नियन्त्रणको नाममा आफूखुसी रकम जम्मा गर्ने अभियान चलाउनेलाई कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेले आज (बिहीबार) एक सूचना जारी गर्दै उक्त कुरा जानकारी दिएको हो ।
आफूखुसी रकम जम्मा गर्ने अभियानलाई निरुत्साहित गर्नका लागि यस्ता कार्य नगर्न र नगराउन सबै सरोकारवालाहरूलाई समेत प्रशासनले आव्हान गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिप सुनुवारले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१५ उपचार, रोकथाम तथा नियन्त्रणको नाममा आफूखुसी रकम जम्मा गर्ने अभियान चलेको भन्ने सूचना प्राप्त हुन आएकोले यसरी कोरोना उपचारको जथाभाबी रकम जम्मा गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी देखिएकाले यस्ता कार्य नगर्न नगराउन सबै सरोकारवालाहरूलाई जानकारी गराई कसैले स्वैच्छिक रूपमा यस प्रकार रकम जम्मा गर्न चाहेमा राष्ट्रिय वाणिज्य बैङ्क सिंहदरबार परिसर शाखाको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं. १५६०००००११०१ मा जम्मा गर्ने व्यवस्था मिलाउनु हुन भनी गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को च.नं. ३२६८ मिति २०७४।०२।०५ को पत्रबाट लेखी आएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
यस्तो छ सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















