काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ९ गोठपानीमा श्रीमतीको हत्या गरेर घर नजिकै आफ्नै मकै बारीमा खाडल खनी गाड्ने श्रीमान् पक्राउ परेको छ । गत ज्येष्ठ १ गतेका दिन सोही वडाका सोनाम लामाले आफ्नी २२ वर्षकी श्रीमती समिना गुरुङको हत्या गरेर खाल्डोमा पुरेको आरोपमा बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार सोनामको बुबा तथा मृतक सम्मिनाको ससुरा ६६ वर्षीय चन्द्रबज्र लामा समेत हत्या आरोपमा पक्राउ परेका छन् ।
प्रहरी अनुसन्धान अनुसार २०७६ सालमा सालमा प्रेम विवाह गरी सोनामसँग सुमिना गाउँबाट एकाएक हराएपछि गाउँका मानिसहरूले समेत थाहा पाई निज सुमिनाको खोजतलास गरेको थियो । सोही क्रममा निजको माइती घरमा समेत हराएको खबर पाई खोज्न आउँदा निज सुमिनालाई निजको श्रीमानले मारी आफ्नै मकै बारीमा खाल्डो खनी गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नो चेली हराएपछि प्रहरी कार्यालयमा खबर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा अनुसन्धान अधिकृत समेतको टोली खटी गई निज सोनाम लामालाई सोधपुछ गरी मृतक सुमिना गुरुङको लास खाल्डो खनी गाडिएको भनी देखाएको मकै बारीमा स्थानीय र प्रहरी समेतले खोतली उत्खनन गरेको थियो । मृतक सुमिनाको लास खाल्डो खनी गाडिएको भनिएकै स्थानमा भेट्टाइएको डिएसपी खतिवडाले जानकारी दिएका छन् ।
सुमिनाको ससुरा र श्रीमानलाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा आवश्यक अनुसन्धान भइरहेको खतिवडाले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















